नवलपुर । इन्द्रावती गाउँपालिकाको आठौं अधिवेशनको पहिलो बैठक गाउँपालिका अध्यक्ष झमकनाथ नेपाल को सभाध्यक्षतामा आज सम्पन्न भएको छ। आज सम्पन्न बैठकमा गाउँपालिकाले गाउँपालिकाले ९९ करोड ४४ लाख ३० हजार बजेट सभामा पेश गरेको छ। आज गाउँपालिका उपाध्यक्ष शोभाना तामाङले उक्त बजेट पेश गर्नुभएको हो। आर्थिक वर्ष २०८२/८३ मा आय तर्फ, आन्तरिक आय दहत्र बहत्र समेत रु. १३ करोड रुपैंया, अन्य आय ९ करोड २१ लाख ३४ हजार, संघिय बित्तिय समानिकरण तर्फ १३ करोड ७२ लाख, संघीय राजश्व बाँडफाँड तर्फ ८ करोड ८७ लाख ६७ हजार, संघीय समपुरक अनुदान तर्फ १ करोड २९ लाख, बिशेष अनुदान तर्फ ६९ लाख, संघीय सशर्त अनुदान तर्फ २८ करोड ३७ लाख गरी जम्मा ५२ करोड ९४ लाख ६७ हजार तथा बागमती प्रदेश तर्फ बित्तिय समानिकरण तर्फ १ करोड ४६ लाख ९ हजार, सवारी कर बाँडफाँड तर्फ ३ करोड १६ लाख ९० हजार, सशर्त अनुदान तर्फ ३ करोड ५ लाख ३० हजार, समपुरक अनुदान तर्फ ९५ लाख र बिषेश अनुदान तर्फ ६५ लाख गरी बागमती प्रदेशबाट जम्मा ९ करोड २८ लाख २९ हजार र साजिक सुरक्षा कार्यक्रम तर्फ १५ करोड गरी जम्मा ९९ करोड ४४ लाख ३० हजार रुपैंया आम्दानी हुने अनुमान गरिएको गाउँपालिका उपाध्यक्ष शोभाना तामाङले प्रस्तुत गर्नुभएको बजेट वक्तव्यमा उल्लेख छ। साथै आर्थिक वर्ष २०८२/८३ को लागि नीति तथा कार्यक्रम, आर्थिक विधेयक २०८२, न्यायिक समितिको प्रतिवेदन र विविध प्रस्तावहरू भने सभाले पारित गरेको छ।
गाउँपालिकाका प्रवक्ता तथा वडा नं ५ का वडाध्यक्ष शशीनाथ आचार्यले पेश गर्नुभएको इन्द्रावती गाउँपालिकाको आर्थिक वर्ष २०८२-८३ को नीति तथा कार्यक्रम त्यसैगरी वडा नम्बर ७ का अध्यक्ष रविन्द्र कुमार खातीले सभामा पेश गर्नुभएको आर्थिक विधेयक २०८२ र न्यायिक समिति सदस्य तथा वडा नम्बर ४ का अध्यक्ष क्षेत्रबहादुर तामाङले प्रस्तुत गर्नुभएको न्यायिक समितिको प्रतिवेदन सर्वसहमतिले पारित गरेको हो। साथै विनियोजन विधेयक २०८२ तथा आर्थिक विकास कार्यक्रम बजेट भने आजको सभामा प्रस्तुत मात्रै भएको र यसलाई अब बस्ने कार्यपालिका बैठकमा छलफल गरी अषाढ २७ गते बस्ने गाउँसभाको दोस्रो बैठकमा निर्णयर्थ प्रस्तुत गर्ने सभाका अध्यक्ष झम्कानाथ नेपालले बताउनुभयो।
नीति तथा कार्यक्रममा कृषितर्फ बगर खेती कार्यक्रम सञ्चालन गरी इन्द्रावती नदी किनारको उत्पादनशील जग्गाको सदुपयोग र सामूहिक रूपमा सम्भावित उच्च मूल्यको बाली आलु तरबुजा लगायतका कृषि उपजहरू खेती गरी कृषकको जीवनस्तरमा आर्थिक वृद्धि ल्याइने जनाएको छ। साथै कृषि तथा पशुपालन सम्बन्धी पाँच वर्षीय योजना तयार गर्ने र वडा नम्बर १ २ र ४ मा सिस्नो प्रसोधन उद्योग स्थापना गर्न विशेष जोड दिइने नीति तथा कार्यक्रममा जनाइएको छ। त्यस्तै वडा नम्बर १ २ ३ र ४ लाई लप्सी पकेट क्षेत्र घोषणा गरी लभ सिजन नै उद्योग स्थापना मार्फत स्वरोजगार वृद्धि गरिने पनि नीति तथा कार्यक्रममा समावेश गरिएको छ त्यस्तै त्यस्तै शिक्षातर्फ पालिकाबाट एसइइमा उत्कृष्ट अङ्क हासिल गरी माथिल्लो कक्षामा प्राविधिक शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीलाई स्नातक तहसम्मको शैक्षिक शुल्क गाउँपालिकाको तर्फबाट बेहोरिने र विपन्न नागरिकमध्येका उत्कृष्ट एक छात्र र एक छात्रलाई उच्च शिक्षा हासिल गर्न शैक्षिक छात्रवृत्तिको नीति लिइने बताएको छ।

इन्द्रावती गाउँसभामा विद्यार्थीहरू सम्मानित
इन्द्रावती गाउँपालिकाको गाउँसभाको आठौँ अधिवेशनमा विद्यार्थीहरूलाई सम्मान गरिएकाे छ । गाउँपालिका स्तरीय परीक्षा कक्षा ८ मा उत्कृष्ट अङ्क ल्याई उत्तीर्ण हुने एक छात्र र एक छात्रालाई आज गाउँसभाको अवसरमा सम्मान गरिएको छ। साथै राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा गाउँपालिकाबाट जिल्ला स्तरमा सहभागी भई मेडल ल्याउन सफल विद्यार्थीहरुलाई पनि सम्मान गरिएको छ। पालिका स्तरीय परीक्षामा ३ दशमलव ७५ जीपीए ल्याई पालिकामै उत्कृष्ट नतिजा ल्याउन सफल राजेश्वरी माविका संज्ञा सापकोटा तथा चण्डेश्वरी माविबाट छात्रतर्फ ३ दशमलव ८६ जीपिए ल्याई उत्तीर्ण हुनुभएका विश्वास सुन्दासलाई जनाही २५ हजार नगद सहित प्रमाणपत्रद्वारा सम्मान गरिएको हो। साथै दशौँ राष्ट्रपति रनिङ सशिल्ड प्रतियोगितामा गाउँपालिकाबाट सहभागी भई मेडल प्राप्त गर्न सफल विद्यार्थीहरूलाई नगद र प्रमाणपत्र सहित सम्मान गरिएको छ। सम्मान कार्यक्रमका अवसरमा गाउँपालिका अध्यक्ष झम्कानाथ नेपालले आफ्नो भनाइ राख्दै उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई हरेक बर्ष सम्मान गर्दै आएको जानकारी दिनुभयो। साथै राष्ट्रपति रनिङसिल्ड प्रतियोगितामा मेडल प्राप्त सहभागीहरूले जिल्लाबाट प्रमाणपत्र दिइसकेको र गाउँपालिकाले पनि थपसम्मान गरेको बताउनुभयो। साथै पठनपाठनकाे क्षेत्रमा उत्कृष्ट हुने विद्यार्थीलाई मनाेवल बढाउनकाे लागि सम्मान गरिएकाे उहाँको भनाइ छ।




