विहिबार मेलम्ची नगरपालिका–९, गुफाडाँडामा आयोजित नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। क्यौले ठाना आधारभूत विद्यालयको आयोजनामा, नव आशा गृह क्लिनिक प्रा.लि टोखाको सहयोग, मेलम्ची नगरपालिकाको समन्वय तथा वडा नं. ९ को सहजीकरणमा सम्पन्न उक्त शिविरले स्थानीय बासिन्दाले स्वास्थ्य लाभ लिएका छन ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पूर्ण बहादुर तामाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि वडा अध्यक्ष किरणदीप खडका सहभागी हुनु भयो। शिविरमा स्थानीय विद्यार्थी, शिक्षक, अभिभावक तथा अन्य बासिन्दाहरूका लागि विविध रोगहरूको परीक्षण गरिनुका साथै निःशुल्क औषधि वितरण गरिएको थियो।
उक्त शिविरमा डा. राजु खतिवडा, डा. सजल तवनवासु, डोमा शेर्पा, श्रृजना खड्का, विश्वमणी घोरासैनी र नवराज न्यौपाने लगायतको टोलीले करीब २०० जना भन्दा बढी सेवाग्राहीलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गरेको थियो ।
स्वास्थ्यलाई प्राथमिकता दिने उद्देश्यसहित आयोजना गरिएको यो शिविरले विकट र ग्रामीण क्षेत्रका नागरिकमा स्वास्थ्य सचेतना अभिवृद्धि गर्नुका साथै समयमै रोग पहिचान गरी रोग निधानमा सहयोग पुग्ने शिविरमा संलग्न चिकित्सकहरुले जनाइएको छ । कार्यक्रमलाई भब्य र सफलताका सम्पन्न्न गर्न विद्यालय परिवार, स्वास्थ्यकर्मी, अभिभावक तथा स्थानियवासीहरूको महत्वपूर्ण सहयोग रहेको थियो ।

