सिन्धुपाल्चोक । गोले तामाङ बंश उत्थान समाजको नवौं राष्ट्रिय भेला तथा बाह्रौं बार्षिक साधारण सभा यहि जेठ ३ र ४ गते सिन्धुपाल्चोकको धुस्कोटमा सम्पन्न भएको छ ।
आदिवासी जनजाति तामाङ समुदायको एक विशिष्ट थर गोले थरीको उद्गम थलो तथा आदिम किपट भुमीको रुपमा सिन्धुपाल्चोकको थाङपाल गुन्सा र नुवाकोटको लच्याङलाई मानिन्छ । यस भेलामा छिमेकी मुलक भारतका सिक्किम, दार्जिलिङ, आसाम, मिरिक देखी नेपालका विभिन्न जिल्लाबाट करीव २ हजार जना प्रतिनिधीहरु, पर्यवेक्षक र शुभेच्छुकहरु सहित गरी करीव ३ हजार पाँचसय जनाको सहभागिता रहेको आयोजकले जनाएको छ । कार्यक्रम स्थलमा आउनुभएका प्रतिनिधी, पर्यवेक्षक तथा अतिथीहरुलाई सिन्धुपाल्चोक जिल्लाको कोठे, विन्ज्याल, डाँडागाउँ र धुस्कोटमा स्वागत द्धार निर्माण गरी स्याल्गर सगुन, खादा माला, डम्फु सेलो सहित भव्य स्वागत गरीएको थियो । कार्यक्रमका प्रमूख अतिथी, अतिथीहरु, प्रतिनिधी र पर्यवेक्षकहरुलाई बलेफी गाउँपालिकाका अध्यक्ष गंगाबहादुर गोलेले वडा नं ४ मा अवस्थित डाँडाँगाउ र उपाध्यक्ष सरु लामा र वडा नं ३ का वडाध्यक्ष रितेश गोले ले कार्यक्रम धुस्कोट परिसरमा स्वागत गर्नुभएको थियो ।
गोलेहरुको कुलपुजा विधी तथा अन्य धार्मिक अभ्यासहरुका बारेमा जेठ ३ गते साँझ बोन्वो अन्तरक्रिया कार्यक्रम समेत भएको थियो । बस्ती विस्तारका क्रममा नेपालका विभिन्न जिल्लाहरु तथा छिमेकी मुलुकमा समेत बसोबास गरीरहेका गोलेहरुको पितृपुजा (आख्खेस्हुङ), कुल देवता पुजा (ल्हास्हुङ), तथा अन्य धार्मिक गतिविधीहरुको बारेमा विभिन्न ठाउँबाट सहभागि भएका बोन्वोहरुले आ आफ्नो चालचलन पुजा विधी र यसको औचित्यता माथि प्रकास पारेका थिए । भेलाले गोले बोन्वो हरुले आफ्नो परम्परागत बोन्वो संस्कृतिलाई हाल सम्म जोगाई कुल पुजा, पितृ पुजा तथा मानव कल्याणका कार्यमा योगदान पु¥याए बापत गोले बोन्वोहरुलाई सम्मान गरेको छ ।

कार्यक्रममा गोले बंशको कल्याण लागि हाल सम्म ११ लाख ७४ हजार आठ सय एक्काईस रुपैयाको अक्षयकोषको स्थापना गर्ने १३ जना सहयोगदाता हरुलाई सम्मान गरिएको थियो । उक्त कोषमा अध्यक्ष मीन गोले (सुनसरी) ले एक लाख एघार हजार एक सय पाँच, सल्लाहकार दलमान गोले (काठमाडौं) ले एक लाख पाँच हजार, सचिवालय सदस्य राम लामा गोले (काभ्रे) ले एक लाख एक हजार एक सय पाँच, सल्लाहकार तथा पुर्वमन्त्री दावा गोले (सिन्धुपाल्चोक) ले एक लाख, सल्लाहकार भीम गोले (काठमाण्डौ) ले एक लाख, महासचिव धनबहादुर गोले (काठमाण्डौं) ले एक लाख, संस्थापक अध्यक्ष जय गोले (झापा) ले पचास हजार, सहअध्यक्ष हर्कबहादुर गोले (सिन्धुपाल्चोक) ले पचास हजार, पुर्व सचिव तथा प्रवक्ता धनबहादुर (डि.बि.) गोले (सिन्धुपाल्चोक) ले २५ हजार प्रदान गर्नुभएको छ । त्यस्तै बाह्रविसे नगरपालिका सिन्धुपाल्चोकका उपमेयर मन्जु गोलेले एक लाख एघार हजार एक सय एघार, बाह्राबिसे नगरपालिका वडा नं २ का वडाध्यक्ष रेशम गोलेले एक लाख एक हजार, उद्यमी व्यावसायी राजकुमार गोले (मकवानपुर) ले एक लाल पचपन्न हजार पाँच सय, सचिव बावुराम गोले (सिन्धुपाल्चोक) ले पच्चीस हजार, कोषाध्यक्ष किर्तिमाया गोले (सिन्धुपाल्चोक) ले बीस हजार, सचिवालय सदस्य तिलक गोले (काठमाण्डौ) ले बीस हजार प्रदान गर्नुभएको छ ।

भेलाकै अवसरमा गोले समाज तथा यस भेलाको लागि सहयोग पु¥याउने बलेफी गाउँपालिका तथा अन्य सहयोगदाताहरुलाई पनि सम्मान गरिएको छ ।गोले तामाङ बंश उत्थान समाजको संघीय अध्यक्ष मीन गोलेको अध्यक्षतामा सम्पन्न भएको उक्त भेलाको प्रमूख अतिथी जेष्ठ सल्लाहकार कुलबहादुर गोले हुनुहुन्थ्यो भने विशिष्ट अतिथीहरुमा पुर्व मन्त्री दावा गोले, संस्थापक अध्यक्ष जय गोले, बलेफी गाउँपालिकाका अध्यक्ष गंगा गोले, उपाध्यक्ष सरु लामा थोकर,
बाह्रविसे नगरपालिकाका उपमेयर मन्जु गोले लगायत हुनुहुन्थ्यो ।

लामा गुरुबाट साङ सेरगेम गरी शुरु गरिएको कार्यक्रममा बोन्वोहरुको साङसेरगेम, बोन्वो नाँच तथा डम्फुरे र कलाकारहरुको गीत र नाँचले निकै मनोरन्जन प्रदान गरेको थियो । गोलेहरुको घना बस्ती रहेको धुस्कोट गाउमा अवस्थित कर्मा डुप्ग्युलिङ गुम्बाको प्रांगणमा भएको उक्त कार्यक्रमको लागि बलेफी गाउँपालिकाको तर्फबाट रु दुईलाख पचास हजार, गोले समाजका संघीय कार्यसमिति, प्रदेश कार्यसमिति, जिल्ला समिति, प्रवास जनसम्पर्क समितिबाट तथा अन्य सहयोगी व्यक्ति व्यक्तित्वहरुबाट सहयोग प्राप्त भएको थियो । यसै समारोहमा गोले तामाङ बंश उत्थान समाजको तर्फबाट धुस्कोट गोले बस्तीमा निर्माणाधिन रहेको छ्योलिङ घेदुङ गुम्बालाई सहयोग स्वरुप पचास हजार रुपैया नगद सहयोग गरिएको समाजका सहअध्यक्ष हर्क गोलेले जानकारी दिनुभयो ।