विश्व बालश्रम विरुद्ध दिवसको अवसरमा “Progress is clear, but there’s more to do: let’s speed up efforts!” भन्ने मूल नाराका साथ हेलम्बु गाउँपालिका, सिन्धुपाल्चोकको आयोजना तथा समाज सेवा तथा मानव अधिकारमा महिला र बालबालिका (CWISH) को प्राविधिक सहयोगमा “बालश्रम मुक्त समाजका लागि स्थानीय सरकारको भूमिका” विषयक विद्यार्थी वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ।
प्रतियोगिता हेलम्बु बोधिसत्व मोडल स्कुल, हेलम्बु–६, घोप्टेघ्याङमा गरिएको थियो।
प्रतियोगितामा उत्कृष्ट विद्यार्थीहरूलाई प्रमाणपत्र र पुरस्कार प्रदान गरिएको थियो।
प्रतियोगितामा प्रथम : अभिश्री खड्का – इष्ट पोइन्ट एकेडेमी, हेलम्बु–४
द्वितीय : जेनिसा पण्डित – श्री भूमेश्वरी मावि, हेलम्बु–२
तृतीय : मन्दिरा दंगाल – श्री महेन्द्र मावि, हेलम्बु–६
सान्त्वना : सिम्ला तामाङ – हेलम्बु बोधिसत्व मोडल स्कुल, हेलम्बु–६
सान्त्वना : विनिसा श्रेष्ठ – श्री पाल्चोक मावि, हेलम्बु–३ हुनुभएको आयोजकले जनाएको छ ।
कार्यक्रममा हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पा प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो । सामाजिक विकास समितिका संयोजक छिरिङ लामा ह्योल्मो विशेष अतिथि रहनुभएको थियो।
कार्यक्रममार्फत स्थानीय तहबाट बालश्रम उन्मूलनका लागि आवश्यक कदम र सचेतनामूलक प्रयासहरूमा जोड दिइएको थियो।


